Login or Register for free!
Logo
HomeSpacerDownloadSpacerForumSpacerGallerySpacer
 Home > News > Nepali > दृष्टिबिहिनहरुलाई सहयोग
 
Arrow News
दृष्टिबिहिनहरुलाई सहयोग
Date 08/01/2010 01:55  Author pardesh  Hits 46  Language Global
पोर्चुगल नेपाल मैत्री संघले आफ्नो च्यारिटि अभियान अन्तर्गत नेपालमा रहेका दृष्टिबिहिनहरुको निमित्त ५०,००० रुपैंया आर्थिक सहयोग स्वरूप प्रदान गरेको छ।

नेपालमा रहेका दृष्टिबिहिनहरुको छाता संगठन नेपाल नेत्रहिन संघ (NBA) मार्फत दृष्टिबिहिनहरुको निमित्त ब्रेल लिपिको पाठ्यक्रम तथा पाठ्यपुस्तकको बिकासमा सहयोग पुर्याउन उक्त सहयोग उपलब्ध गराईएको जानकारि पोर्चुगल नेपाल मैत्री संघका सचिब झलक के सी ले दिएका छन् ।


पोर्चुगल नेपाल मैत्री संघको
 तर्फबाट संघका महासचिब रोजि ब्लान्डीले आफ्नो नेपाल भ्रमणको क्रममा उक्त सहयोग राशी नेपाल नेत्रहिन संघका केन्द्रीय अध्यक्ष नर बहादुर लिम्बु र प्रोजेक्ट म्यानेजर हरि एस. बिष्टलाई संयुक्त रुपमा हस्तान्तरण गरेकी हुन । उक्त अबसरमा महासचिब ब्लान्डीले नेपाल नेत्रहिन संघद्वारा संचालित ब्रेल छापाखानाको भ्रमण गरि ब्रेल पुस्तक छपाई प्रबिधि र ब्रेल पुस्तकको प्रूफ रिडिङ प्रकृयाको समेत अबलोकन गरेकी थिइन । सोहि अबसरमा नेपाल नेत्रहिन संघका प्रोजेक्ट म्यानेजर हरि एस. बिष्टले सहयोगको निमित्त पोर्चुगल नेपाल मैत्री संघलाई ध्न्यबाद ज्ञापन गर्दै सहयोग रकम उपयोगको प्रतिबेदन मैत्री संघमा पठाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।


पोर्चुगल
 नेपाल मैत्री संघका अध्यक्ष मकर हमालले पङ्तीकारसँगको कुराकानीमा मैत्री संघले नेपालमा मानवीय सहयोग पुर्‍याउन आर्थीक सहयोग जुटाउने तथा पोर्चुगीशहरुलाइ नेपाली कला र संस्कृतिको परिचय गराउने उद्धेश्यका साथ २००९ जुलाईमा लेर डेभागर’ पुस्तकालयको सभाकक्ष आलकान्त्रालिस्बनमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम सहितको च्यारिटी रात्रीभोज कार्यक्रममा संकलित रकमबाट सो सहयोग गरिएको र भबिष्यमा समेत यस्तै प्रकारका च्यारिटी सहयोगहरुको क्रमलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरेका छन ।

- भीम के सी कमल

  लिस्बनपोर्चुगल


 

There are no comments.
 
Copyright © 2010 Paradeshi. All rights reserved.
MemHT Portal is a free software released under the GNU/GPL License by Miltenovik Manojlo