Login or Register for free!
Logo
HomeSpacerDownloadSpacerForumSpacerGallerySpacer
 Home
 
Arrow हाम्रो बारेमा

अहिलेको जमाना सूचनासंचार र प्रबिधिको जमाना हो । संचारको बिकास संगसंगै सम्पुर्ण गोलार्द्ध एउटै ग्लोबल भीलेजमा परिबर्तन हुन थालेको छ । सूचना प्रबिधिको पंहुचले संसारको कुनै कुनामा घटेको घटना क्षणभरमै विश्वब्यापी जानकारीमा आउन सक्ने भएको छ 


नेपाली समुदाय विश्वको कुनाकुनासम्म फैलिरहेको
 बर्तमान परिप्रेक्ष्यमा डायोस्पोरामा रहेका 'परदेशीनेपालीहरुलाई नेपाल र नेपालीहरुको समाचारसाहित्यसंस्कृति र बिचार पस्किने पबित्र उद्धेश्यका साथ यो 'परदेशी डट कम' (www.paradeshi.comआरम्भ गर्ने जमर्को गरेका छौं ।


घरपरिवार
समाज, आफ्नो भाषा र संस्कृतिभन्दा टाढा परदेशमा रहेका नेपाली दाजुभाई दिदिबहिनीहरुको देश प्रतिको माया लगाबलाई उजागर गर्दै स्वदेशको सम्झना ताजा गराइराख्ने तथा उनिहरुका हरपलका खबरहरुरचना र बिचारहरु स्वदेशमा रहेका आफन्तहरु समक्ष पुर्याउने हाम्रो मुल उद्धेश्य हुनेछ ।


बिशेष गरी परदेशमा रहेका नेपालीहरुको दीनचर्या
परिस्थिति लगायत विश्वमा आप्रवासी जीवन विताउने आम नेपालीहरुसँग सरोकार राखि यो वेब-पत्रीकाले आपनो यात्रा अनवरतरुपमा अगाडि वढाउँदै जानेछ । परदेशमा मातृभुमी नेपाल वारेका जिज्ञासासमाचार तथा जानकारीहरु आदानप्रदान गर्ने थलोको रुपमा यो वेब- पत्रीकाको विकास भएमा हामी हाम्रो प्रयास सार्थक भएको सम्झिने छौं ।


नेपाली भाषा
, साहित्यकला र संस्कृतिको पहिचान तथा बिश्वब्यापिकरणको निमित्त यसले भूमिका खेल्ने सत्प्रयास गर्नेछ । राष्ट्रीय पहिचानका यिनै महत्वपुर्ण विषयबस्तुहरुलाई मुख्य पक्ष बनाइ संसारभर रहेका नेपाल र नेपालीसँग सम्बद्ध पत्र-पत्रिकावेब-साइट तथा संघ-संस्थाहरुसंग समेत हातेमालो गर्दै हामी निरन्तर अगाडि बढने छौं ।  


भविष्यमा यस वेब
-पत्रीकालाई थप रोचकजानकारीमुलकमनोरंजनपुर्ण बनाउने कार्यमा सम्पुर्ण समाचारदातापाठककवि,लेखकसाहित्यकाररचनाकार तथा शुभचिन्तकहरुको सहयोगले निकै महत्वपूर्ण भूमिका खेल्नेछ । यसलाई निरन्तरता दिन आगामि दिनहरुमा तपाईहरुबाट निरन्तर सल्लाहसुझाबमार्गनिर्देशन र सहयोगको हार्दिक अपेक्षा गर्दछौं ।

 

धन्यवाद ।

 

भीम के सी कमल

   प्रधान सम्पादक


पोर्चुगल नेपाल मैत्री संघले आफ्नो च्यारिटि अभियान अन्तर्गत नेपालमा रहेका दृष्टिबिहिनहरुको निमित्त ५०,००० रुपैंया आर्थिक सहयोग स्वरूप प्रदान गरेको छ। Topic
08/01/2010 01:55 by pardesh
Tags
User Block
Hi Guest
IP: 38.107.191.109

Username
Password
Survey
Do you like this site?
It's great!
Very nice
Just a site
Not really
Trash it!
Who is online
US 38.107.x.x
US 38.107.x.x
US 38.107.x.x
US 38.107.x.x
US 38.107.x.x
 
Copyright © 2010 Paradeshi. All rights reserved.
MemHT Portal is a free software released under the GNU/GPL License by Miltenovik Manojlo