अहिलेको जमाना सूचना, संचार र प्रबिधिको जमाना हो । संचारको बिकास संगसंगै सम्पुर्ण गोलार्द्ध एउटै ग्लोबल भीलेजमा परिबर्तन हुन थालेको छ । सूचना प्रबिधिको पंहुचले संसारको कुनै कुनामा घटेको घटना क्षणभरमै विश्वब्यापी जानकारीमा आउन सक्ने भएको छ ।
नेपाली समुदाय विश्वको कुनाकुनासम्म फैलिरहेको बर्तमान परिप्रेक्ष्यमा डायोस्पोरामा रहेका 'परदेशी' नेपालीहरुलाई नेपाल र नेपालीहरुको समाचार, साहित्य, संस्कृति र बिचार पस्किने पबित्र उद्धेश्यका साथ यो 'परदेशी डट कम' (www.paradeshi.com) आरम्भ गर्ने जमर्को गरेका छौं ।
घरपरिवार, समाज, आफ्नो भाषा र संस्कृतिभन्दा टाढा परदेशमा रहेका नेपाली दाजुभाई दिदिबहिनीहरुको देश प्रतिको मायार लगाबलाई उजागर गर्दै स्वदेशको सम्झना ताजा गराइराख्ने तथा उनिहरुका हरपलका खबरहरु, रचना र बिचारहरु स्वदेशमा रहेका आफन्तहरु समक्ष पुर्याउने हाम्रो मुल उद्धेश्य हुनेछ ।
बिशेष गरी परदेशमा रहेका नेपालीहरुको दीनचर्या, परिस्थिति लगायत विश्वमा आप्रवासी जीवन विताउने आम नेपालीहरुसँग सरोकार राखि यो वेब-पत्रीकाले आपनो यात्रा अनवरतरुपमा अगाडि वढाउँदै जानेछ । परदेशमा मातृभुमी नेपाल वारेका जिज्ञासा, समाचार तथा जानकारीहरु आदानप्रदान गर्ने थलोको रुपमा यो वेब- पत्रीकाको विकास भएमा हामी हाम्रो प्रयास सार्थक भएको सम्झिने छौं ।
नेपाली भाषा, साहित्य, कला र संस्कृतिको पहिचान तथा बिश्वब्यापिकरणको निमित्त यसले भूमिका खेल्ने सत्प्रयास गर्नेछ । राष्ट्रीय पहिचानका यिनै महत्वपुर्ण विषयबस्तुहरुलाई मुख्य पक्ष बनाइ संसारभर रहेका नेपाल र नेपालीसँग सम्बद्ध पत्र-पत्रिका, वेब-साइट तथा संघ-संस्थाहरुसंग समेत हातेमालो गर्दै हामी निरन्तर अगाडि बढने छौं ।
भविष्यमा यस वेब-पत्रीकालाई थप रोचक, जानकारीमुलक, मनोरंजनपुर्ण बनाउने कार्यमा सम्पुर्ण समाचारदाता, पाठक, कवि,लेखक, साहित्यकार, रचनाकार तथा शुभचिन्तकहरुको सहयोगले निकै महत्वपूर्ण भूमिका खेल्नेछ । यसलाई निरन्तरता दिन आगामि दिनहरुमा तपाईहरुबाट निरन्तर सल्लाह, सुझाब, मार्गनिर्देशन र सहयोगको हार्दिक अपेक्षा गर्दछौं ।
धन्यवाद ।
- भीम के सी कमल
प्रधान सम्पादक